काठमाडौं उपत्यकाकामा १५३१ जनामा कोरोना संक्रमण

आज नेपालमा २४४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  त्यस्तै पछिल्लो २४ घण्टामा  १ ,१३३ जना कोरोनाबाट निको भई घर फर्किएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ६५,२०२  पुगेको छ।

काठमाडौं उपत्यकाकामा थप १५३१  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ११७८ , ललितपुरमा २५०  ,भक्तपुरमा १०३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हालसम्म संक्रमित हुनेको संख्या  ८९, २६३  पुगेको छ। देशभर हाल सक्रिय संक्रमितको संख्या  २३,५०७ रहेको छ। पछिल्लो २४ घण्टामा मृतक १९ जनामा कोरोना पुष्टि भएको छ। मृत्यु हुनेको संख्या  ५५४ पुगेको छ। 

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments