काठमाडौं उपत्यकाकामा थप ६४५ जनामा कोरोना भाइरसको संक्रमण

आज नेपालमा  १३१३   जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १४५५ जना कोरोनाबाट निको भई घर फर्किएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ५१ ,८६६  पुगेको छ ।

काठमाडौं उपत्यकाकामा थप  ६४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ५०३,ललितपुरमा ९१,भक्तपुरमा ५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हालसम्म संक्रमित हुनेको संख्या ७०,६१४  पुगेको छ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाकामा थप २ जनाको मृत्यु भएको छ । काठमाडौंकी ७५ वर्षीया महिला र ललितपुरका ५१ वर्षीय पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेको संख्या  ४५९ पुगेको छ। देशभर हाल सक्रिय संक्रमितको संख्या १८,४३७ रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments