थप ४७६२ जनामा कोरोना पुष्टि, उपत्यकामा १२६३ जना

काठमाडौँ : नेपालमा थप ४७६२ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ४९१ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ७९.७ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १२६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ८९० जना, भक्तपुरमा १२१ जना र ललितपुरमा २५२ जना कोरोना संक्रमित भेटिएका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या एक लाख ६ हजार ४७० पुगेका छन् । पछिल्लो २४ घण्टामा ११४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७३८६ पुगेको छ ।

देशभर अहिले ६८९ जना क्वारेन्टाइनमा छन् भने पछिल्लो २४ घण्टामा १५ हजार ५५ पिसिआर परिक्षण भएको छ । 

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments