थप ३७४९ जनामा कोरोना पुष्टि, ५९ जनाको मृत्यु

नेपालमा थप ३७४९ जनामा कोरोना पुष्टि भएको छ ।त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार २९३ जना संक्रमण मुक्त भएका छन् ।

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ७६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो २४ घण्टाको अपडेट अनुसार काठमाडौँ जिल्लामा ५४० जना, भक्तपुरमा ९९ र ललितपुरमा १२५ जनामा कोरोनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ५९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८२३८ पुगेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments