प्रधानमन्त्रीका निजी चिकित्सकलाई कोरोना संक्रमण

प्रधामन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक प्रा.डा दिव्या सिंह शाहलाई कोरोना संक्रमण देखिएको छ ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) की डीनसमेत रहेकी डा. शाहलाई केही दिनदेखि ज्वरो आउने, खोकी लाग्ने र थकान महसुस भएपछि शुक्रबार पिसिआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

हाल उनी होम आइसोलेसनमा रहेकी छन् । उनले पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छैनन् । तीन दिन अघि डा. गोविन्द केसीलाई भेटेको तर सामाजिक दुरी लगायतका जनस्वास्थ्यका मापदण्डहरु पालना गरेको उनले जानकारी दिइन् । आफ्नो सम्पर्कमा आएका सबै व्यक्तिलाई सर्तक रहन र केही लक्षण देखिएमा परीक्षण गर्न समेत उनले आग्रह गरेकी हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments