देशभर अशोज १० गते सम्म वर्षा हुने

जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी अशोज १० , शनिबार सम्म देशभर वर्षा हुने जनाएको छ । भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्यून चापीय क्षेत्र रहेको र उक्त क्षेत्र पश्चिम–उत्तरपश्चिम सर्ने क्रममा रहेकाले अझै शनिबारसम्म देशभर वर्षाको सम्भावना रहेको छ। यस वर्ष मनसुन औसत समयभन्दा एकसाता ढिलो बाहिरिने मौसमविद्को अनुमान छ ।

अहिलेको अवस्थालाई हेर्दा सो प्रणाली नेपालमा केही दिन रहने भएकाले मनसुनी गतिविधि अझै तीनचार दिन बढ्न सक्ने बताइएको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा भारी वर्षा भईरहेको छ ।

आज देशको धेरै जसो स्थानमा सामान्य देखि पुर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने सबै प्रदेशका १/२ स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ ।

देशको धेरै जसो स्थानमा आज सामान्य देखि पुर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने सबै प्रदेशका १/२ स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments