प्रचण्ड–माधव समूहको दुई लाख मानिस उतारेर प्रर्दशन
काठमाडौ । संसद विघटनको विरोधमा आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) (प्रचण्ड–माधव समूह) ले काठमाडौं घेर्न थालिसकेको छ । काठमाडौका विभिन्न सडकबाट मानिसहरु उत्रिन थालिसकेका छन् ।
विरोधसभामा सहभागी हुन मानिसहरु निस्किदा काठमाडौका सडक अबरुद्ध हुन थालिसकेका छन् । भृकुटीमण्डपमा हुने विरोधसभालाई अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । विरोधसभा अघि पुल्चोक, माइतीघर मण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निस्किन थालेका छन् । ती जुलुसको शीर्ष नेताहरुले नेतृत्व गरिरहेका छन् । मुख्य र्याली भने सुनधाराबाट सुरु हुनेछ
भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने जुलुसको नेतृत्व गर्न प्रचण्ड–माधवले गर्दैछन् । विरोधसभामा सहभागी गराउन विभिन्न जिल्लाबाट कार्यकर्ताहरुलाई काठमाडौंमा ओसारिएको छ । विरोधसभामा दुई लाख कार्यकर्तालाई उतार्ने दाबी सो समूहले गरेको छ । संसद् विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन गरिरहेको यो समूहले आजको जनप्रदर्शन निर्णायक हुने दाबीसमेत गरेको छ ।
शक्ति प्रदर्शनको पूर्वसन्ध्यामा स्वयंसेवकहरुले काठमाडौंमा मार्चपास गरेका थिए । यसअघि प्रचण्ड–माधव समूहले पुस १४ र माघ ९ मा पनि काठमाडौं जनप्रदर्शनसहित विरोधसभा गरेको थियो । त्यसको काउण्टरमा नेकपाकै प्रधानमन्त्री केपी शर्मा ओली समूहलेपनि शक्ति प्रर्दशन गरेको थियो ।