ने.क.पा स्थायी कमिटी को बैठक समपन्न, चैत्रमा महाधिवेसन गर्ने
सत्ताधारी पार्टी ने क पा को आज बसेको बैठक बिभिन्न महत्व पूर्ण निर्णय गर्दै सकिएको छ । आन्तरिक विवादमा फसेर लामो समय स्थगित भएको बैठक आज प्रधानमन्त्री निवास बालुवाटार मा बसेको हो दुइ अध्यक्ष बिच कामको बाड फाड लाई लिएर लामो समय विवाद हुँदा पार्टी को बैठक बस्न सकेको थिएन । तर दोश्रो तहका नेता हरुको पहल मा ने.क.पा विवाद केहि साम्य भएको थियो। यसको लागी ने .क .पा ले एउटा कार्यदल नै बनाएको थियो। त्यसमा पूर्व एमाले र पूर्व माओवादीबाट ३ ३ जना सदस्य थिए ।

ने.क.पा स्थायी कमिटीको बैठकले आज गरेका केहि महत्व पुर्ण निर्णय हरु :
१) चैत्रको २५ देखी ३० सम्म महाधिवेसन गर्ने
२) के.पि शर्मा ओलिले सरकारको काममा ध्यान दिने
३) अर्का अध्यक्ष प्रचण्डले पार्टीको काम हेर्ने
४) परिमार्जन सहित एमसिसी पारित गर्ने
५) महाधिवेसनको तयारीको लागि केन्दिय समितीको बैठक बोलाउने लगायतका निर्णय गरेको छ ।