आज २९३३ जनामा कोरोना संक्रमण, उपत्यकामा १६३० जना

आज नेपालमा २९३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमित हुनेको संख्या १ लाख ७६ हजार ५००  पुगेको छ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १६३०जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौका १३२९  जना, ललितपुरका १९३  र भक्तपुरका  १०८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

पछिल्लो २४ घण्टामा मात्र  ३१५०  जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या  १ लाख ३७ हजार ९९२ रहेको छ।

थप मृतक २४ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। कोरोनाबाट मृत्यु हुनेको संख्या ९८४ पुगेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments