पेटमा समस्या देखिएपछि बाबुराम भट्टराई नयाँदिल्ली प्रस्थान

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई उपचारका लागि आइतबार नयाँ दिल्ली जानुहुने भएको छ । उहाँको पेटमा समस्या देखिएपछि थप उपचारका लागि उहाँ नेपाल वायुसेवा निगमको जहाजबाट नयाँ दिल्ली जान लागेको भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिनुभयो ।

पाण्डेका अनुसार नेता भट्टराईलाई न्युरो–इन्डोक्राइनको ट्युमर भएको आशंका गरिएको छ । उहाँ चिकित्सकको सल्लाहमा दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेस’ मा जान लाग्नु भएको हो । पेटमा समस्या देखिएपछि उहाँ काठमाडौंको निदान अस्पतालमा उपचार गराउँदै आउँनु भएको थियो । उपचारका क्रममा भट्टराईसँग श्रीमती हिसिला यमी र प्रेस सल्लाहकार पाण्डे रहने जानकारी दिइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments