गोकर्ण विष्टले दसैँ भत्ता फिर्ता गरे

नेकपाका स्थायी कमिटी सदस्य तथा सांसद गोकर्ण विष्टले सांसदहरूलाई उपलब्ध गराइएको दसैं भत्ता फिर्ता गरेका छन् ।

मुलुक कोरानाले आक्रान्त बनेको भन्दै यस्तो बेलामा दसैं भत्ता लिनु अनुपयुक्त भएको उनको भनाइ छ । नेकपामा वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य भीम रावल, सूर्य पाठक, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले भत्ता नलिने घोषणा गरिसकेका छन् ।

“देशले कोरोनाको महा सङ्कट सामना गरिरहेको र नागरिकहरूले उपचारमा समेत कठिनाइ भोगिरहेको अवस्थामा सांसदको हैसियतले दसैँखर्च लिनु उपयुक्त नलागेकाले सो बापतको सुविधा फिर्ता गर्ने निर्णय गरेको छु,” उनले भनेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments