विप्लव समूहकी नेतृ पाटनबाट पक्राउ

 नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा समूहकी नेतृ पाटनबाट पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा सरकारद्वारा प्रतिबन्धित समूह नेकपाकी ललितपुर जिल्ला सचिव सावित्रा अधिकारी (विदुषी) रहेकी छिन् । उनले ललितपुर महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईलाई धम्की दिएकी थिइन् ।

विप्लव समूहले आज (आइतबार) ललितपुरमा कोणसभा गर्ने घोषणा गरेको थियो । शनिबार राति सावित्राको साथबाट मोबाइल, सिमलगायत विप्लव समूहका झन्डा तथा ब्यानरसमेत बरामद गरिएको एसएसपी राईले बताए।

गत जेठमा पाटनबाट हतियार तथा विस्फोटक पदार्थसहित आफ्ना पार्टीका ललितपुर जिल्ला समिति सदस्य सानुराज बज्राचार्य पक्राउ पर्दा उनले विज्ञप्ति जारी गर्दै एसएसपी राईलाई कारबाही गर्ने चेतावनी दिएकी थिइन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments