संबैधानिक परिषदको बैठक स्थगित
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषदको बैठक स्थगित भएको छ ।बुधबार साँझ ५ बजेका लागि बोलाइएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको बालुवाटार स्रोतले जनाकारी दिएको छ ।
अहिले यसअघिको बैठकबाट संवैधानिक निकायमा गरिएका ३८ नियुक्ति विवादमै रहेका बेला प्रधानमन्त्री ओलीले फेरी परिषदको बैठक बोलाएका थिए ।यसअघिको बैठकका सिफारिसलाई सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता गरेपछि परिषदको सिफारिसमा नयाँ विवाद शुरु भएको छ।
सभामुखले परिषदको सिफारिस फिर्ता गरेको विषयमा राष्ट्रिय सभाका अध्यक्ष गणेसप्रसाद तिमिल्सिनाले आपत्ति जनाएका छन् । यस अघिको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख सापकोटाले बैठक बहिस्कार गरेका थिए ।
सरकारले अध्यादेश जारी गरी परिषदका बहुमत सदस्यबाट निर्णय गर्न सक्ने व्यवस्था गरेको छ । परिषदले गत मंसिर ३० गते बहुमतकै आधारमा अख्तियारसहितका बिभिन्न संवैधानिक आयोगहरुमा नियुक्तिको सिफारिस गरिएको थियो । सो निर्णय पुस ५ गते राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्नुअघि संसद सचिवालय पठाइएको थियो ।