आज एकैदिन ३४३९ जनामा कोरोना संक्रमण,सक्रिय संख्या २५ हजार नाघ्यो

आज नेपालमा एकैदिन ३४३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एकै दिन थपिएकाे याे संख्या अहिलेसम्मकै उच्च हाे।  त्यस्तै पछिल्लो २४ घण्टामा १,१२६  जना कोरोनाबाट निको भई घर फर्किएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ६८,६६८  पुगेको छ।

काठमाडौं उपत्यकाकामा थप  १६८४   जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १२९६ , ललितपुरमा २९३ ,भक्तपुरमा ९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हालसम्म संक्रमित हुनेको संख्या ९४,२५३ पुगेको छ। देशभर हाल सक्रिय संक्रमितको संख्या  २५,००७ रहेको छ। पछिल्लो २४ घण्टामा मृतक १५ जनामा कोरोना पुष्टि भएको छ। मृत्यु हुनेको संख्या  ५७८  पुगेको छ। 

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments