२ साताका लागि नेपाल एयरलाइन्सको हङकङ फ्लाईटमा रोक

गत शुक्रबार काठमाडौं टु हङकङ फ्लाइट गरेको एयरलाइन्समा सवार ५ जना यात्रुमा कोरोना भाइरस पोजेटिभ देखिएपछि हङकङले नेपाल एयरलाइन्समाथि प्रतिबन्ध लगाएको छ ।

शुक्रबार साँझ ८ बजे नेपालबाट हङकङ उडेको एयरलाइन्समा सवार कुल १२० जना यात्रुहरुमध्ये ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि हङकङले एयरलाइन्समाथि दुई साता प्रतिवन्ध लगाएको हो । हाल दुईवटा फ्लाइटमार्फत नियमित हङकङ उडान गरिरहेको नेपाल एयरलाइन्सको दुईवटै फ्लाइट २७ अक्टुबरसम्म क्यान्सिल हुन पुगेको छ ।

४ अक्टोबर २०२० देखि १७ अक्टोवर २०२० सम्म नेपाल एयरलाइन्सले हङकङका लागि कुनै पनि फ्लाइट गर्न नपाउने भएको छ । प्रवक्ता खण्डकाकाअनुसार नेपालबाट कोरोना परीक्षण पीसीआर रिपोर्ट नेगेटिभ आएकाहरुमा नै उता(हङकङ)मा पोजेटिभ देखिएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments