हावाबाट कोरोना भाइरसको संक्रमण बढी फैलिरहेको दाबी

कोरोना भाइरस ‘कोभिड १९’को महामारी अहिले सारा विश्वमा व्याप्त छ । कोरोना भाइरसका विषयमा निक्र्यौल कुरा हालसम्म पनि पत्ता लाग्न सकेको छैन । तर एक व्यक्तिबाट सजिलै दोस्रो व्यक्तिमा सर्न सक्ने यो भाइरसबारे अमेरिकाको एक संस्थाले नयाँ दाबी गरेको छ ।

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले गरेको एक अध्ययनबाट अहिले हावाबाट कोरोना भाइरसको संक्रमण बढी फैलिरहेको देखाएको दाबी गरेको छ । सिडिसीले सोमबार हावाबाट भाइरस अन्य व्यक्तिमा सर्न सक्ने पुष्टि सहितको रिर्पोट सार्वजनिक गरेको छ ।

कोरोना भाइरस धुवाँजस्तो गरी लामो समयसम्म हावामा रहन सक्ने भएकाले यसको संक्रमण फैलिरहेको उल्लेख गरेको छ । संक्रमितको मुखबाट निस्केका एरोसेलहरू ६ फिट पर हावाको माध्यमबाट सजिलै पुग्न सक्ने र अन्य व्यक्तिमा फैलिने तथ्य पहिले नै सार्वजनिक भइसकेको अवस्थामा अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले यो तथ्य सार्वजनिक गरेको हो ।

अर्को एक शोधमा लेखिएको छ, पछिल्लो समय संक्रमितको नजिकबाट भन्दा पनि हावाबाट संक्रमण बढी फैलिरहेको हो । संक्रमणबाट बच्न भौतिक दूरी कायम गरिएकाले संक्रमणको दर घट्नुपर्ने भए पनि तुलनात्मक रूपमा बढिरहेकाले पनि हावालाई नै संक्रमितको प्रमुख माध्यम मानिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments