सिन्धुपाल्चोक पहिरोमा २० जना बेपत्ता ६ जनाको शव फेला

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ७ मा गएराति खसेको पहिरोमा परेका मध्ये ६ जनाको शव फेला परेको हो भने २० जना अझै वेपत्ता भएका छन् । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् ।

वडा नं ७ मा पर्ने घुन्थाङको भीरखर्कमा ३ वटा घर पुरेको छ भने नागपुजेमा ९ वटा घर पहिरोले पुरेको जनाइएको छ । बेपत्ता भएका अन्यको खोजीको लागी स्थानीय, आफन्त र सुरक्षाकर्मी लागेको बताइएका छ । त्यस्तै पहिरोले शव फेला परेका मध्ये घुम्थाङ नागपुजेमा गएको पहिरोमा पुरिएकी ६३ वर्षीया भक्तिमाया श्रेष्ठ र भीरखर्कको बिक टोलमा पहिरोमा पुरिएकी २० वर्षीया जुनु बिकको मात्र पहिचान खुलेको जनाइएको छ ।  

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments