आन्तरिक हवाई उडान,लामो दुरीको यातायात,होटल असोज १ देखि खुल्ने

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै लामो दुरीको यातायात , आन्तरिक हवाई उडान र होटल रेष्टुरेन्टहरु असोज १ गतेदेखि सञ्चालन गर्न दिने निर्णय गरेको छ । बसको एक लहरको सिटमा एक जना मात्र बस्न पाइनेछ । विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्नेछ भने मास्क, सानीटाईजर,भाइजर अनिवार्य प्रयोग गर्नु पर्ने छ।

साथै संक्रमणको जोखिम बढेको अवस्थामा स्थानीय प्रशासनले आवश्यक निर्णय लिन सक्नेछ।
मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने जानकारी दिएका छन।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments