काठमाडौं उपत्यकाकामा २६७२ जनामा कोरोना संक्रमण

आज नेपालमा एकैदिन ५००८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपालमा एकैदिनमा भेटिएको सबैभन्दा धेरै संक्रमित संख्या हो ।हालसम्म संक्रमित हुनेको संख्या एक लाख ५ हजार ६८४ पुगेको छ।

काठमाडौं उपत्यकाकामा थप  २६७२  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २१००, ललितपुरमा ३६९,भक्तपुरमा २०३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हालसम्म निको हुनेको संख्या ७४,२५२ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र १२२९ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भर हाल सक्रिय संक्रमितको संख्या ३०,८१८  रहेको छ। यस्तै आज थप १४ जनाको कोरोनाबाट मृत्यु भएको छ।मृत्यु हुनेको संख्या ६१४ पुगेको छ। 

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments