मेयर्स ११ द्वारा एपीएफलाई १७८ रनको लक्ष्य प्रस्तुत

मेयर्स कप क्रिकेट मा काठमाडौं मेयर्स ११ ले एपीएफ लाई १७८ रनको लक्ष्य दिएको छ । मुलपानी क्रिकेट ग्राउन्ड मा टस जितेर पहिलो ब्याटिङ गरेको मेयर्स ११ ले ४८ ओभरमा सबै विकेट गुमाउदै १७७ रन बनायो ।
मेयर्स को लागि सन्दीप रजाली ले ४८ हरि शंकर शाह ले ३६ रन बनाउनु बाहेक अरुले खासै गतिलो प्रदर्शन गर्न सकेनन । बलिङ तर्फ एपीएफका कमल ऐरी र अबिनाश बोहोरा ले ३/ ३ तथा भुवन कार्की र शरद भेषावकर ले१/१ विकेट लिए । अब १७८ रनको लक्ष्य लिएर एपीएफले केही बेर मा जबाफी ब्याटिङ गर्ने छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments