दिल्ली क्यापिटल्सको सुपर ओभरमा रोमान्चक जीत

ईन्डियन प्रेमिएर लिग (आईपीएल) को दोश्रो खेलमा दिल्ली क्यापिटल्सले किंग्स-११ पन्जाबलाई सुपर ओभरमा पराजित गरेको छ।

रोमान्चक खेलमा दिल्लीले दिएको १५८ रनको लक्ष्य पछ्याउने क्रममा पन्जाबले पनि २० ओभर ब्याटिंग गर्दै ८ विकेट गुमाएर १५७ रन मात्रै बनाउन सकेपछि खेल सुपर ओभरमा पुगेको थियो। आईपीएल इतिहासमा सुपर ओभरमा पुगेको यो १० औं खेल हो।

सुपर ओभरमा कमजोर ब्याटिंग गरेको पन्जाबले पहिलो ३ बलमा २ विकेट गुमाएर मात्र २ रन मात्र बनाउन सक्यो। पहिलो बलमा केएल राहुलले २ रन बनाए। दोश्रो बलमा रबाडाले राहुललाई  क्याच आउट गराए। लगत्तै बलमा रबाडाले निकोलस पुरनलाई बोल्ड गर्दै पन्जाबलाई २ रनमै सिमित गरे।

आईपीएलमा सुपर ओभरमा कुनै पनि टिमले बनाएको यो नै सबैभन्दा कम योगफल हो। यस अघि राजस्थान रोयल्सले २०१५ र गुजरात लायन्सले २०१७ मा समान ६ रन बनएको थियो। दुवै अवसरमा मुम्बई बलर मिचेल जोन्सनले बलिंग गरेका थिए।

३ रनको लक्ष्य दिल्लीले २ बलमै जित्यो। मोहम्मद शामीले पहिलो बल डट गरेता पनि दोश्रो बलमा वाइड दिए। त्यसपछिको बलमा रिशभ पन्तले २ रन लिंदै दिल्ली क्यापिटल्सले खेल जित्यो।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments