एपिएफ को तेस्रो जित कर्णाली ७१ रन ले पराजित

राजधानी मा जारी प्रधानमन्त्री कप रास्ट्रीय क्रिकेट मा बिभागिय टोलि एपि एफ ले लगातार तेश्रो जित हात पारेको छ । एपिएफ ले दिएको २१९ रन को लक्ष्य लिएर मैदानमा उत्रिएको कर्णाली प्रदेश ४३.१ ओभरमा सबै विकेट गुमाएर १४७ रन मात्र बनाएपछि एपि एफ ले ७१ रन को जित हात पार्यो ।

कर्णाली को लागि हेमन्त ओलि ले ६० रन बनाउनु बाहेक अरुले सम्झन योग्य प्रदर्शन गर्न सकेनन। कर्णाली लाई सस्तै मा समेट्न को लागि वसन्त रेग्मी र किशोर महतो ले समान ३ विकेट हात पारे ।

यस अघि टि यु क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको एपि एफ को टिम २१८ रन बनाएको थियोे । ब्याटिङ मा ६१ रन बनाएका एपि एफ का सन्दिप जोरा म्यान अफ दि म्याच भए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments