रोनाल्डो पेनाल्टी मा चुक्दा युभेन्टस बराबरी मा रोकियो

क्रिस्टियानो रोनाल्डो पेनाल्टीमा चुकेपछि युभेन्ट्सले इटालियन सिरी ए मा एटलान्टासँग बराबरी खेल्दै अंक बाँडेका छन् ।

युभेन्टस को घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सले एटलान्टासँग १-१ को बराबरी खेलेको हो ।फेडेरिको चिएसाले २९ औं मिनेटमा गोल गर्दै युभेन्टसलाई पहिले अग्रता दिलाएका थिए । तर ५७ औं मिनेटमा रेमो फ्रउलरले एटलान्टाको लागि गोल गर्दै खेल १-१ को बराबरी ल्याए ।

खेल को ६१औं मिनेटमा पेनाल्टी मार्फत युभेन्ट्सले अग्रता लिने अवसर पाएको थियो । तर रोनाल्डो को पेनाल्टी एटलान्टा का गोल किपर ले बचाउन सफल भए । यो बराबरीपछि १२ खेलबाट २४ अंकसहित युभेन्ट्स सिरी ए लिग तालिका को तेस्रो स्थानमै यथावत छ । भने ११ खेलबाट १८ अंक रहेको एटलान्टा आठौं स्थानमा छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments