युरोपा लिग मा म्यान्चेस्टर युनाईटेड को सहज जित
युरोपा लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा ईंग्लिश क्लब म्यान्चेस्टर युनाईटेड ले सहज जित हात पारेको छ ।
बिहीबार राति भएको खेलमा युनाईटेडले स्पेनिस क्लब ग्रानडालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
ग्रानडाको घरेलु मैदानमा युनाईटेडलाई जित दिलाउन मार्कोस राषफोर्ड र ब्रुनो फर्नान्डेज ले एक एक गोल गरे ।
खेलको ३१ औं मिनेटमा रासफोर्डले गोल गर्दै युनाईटेडलाई १-० को अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको इन्जुरी समयमा फर्नान्डेज ले पेनाल्टी मार्फत गोल गर्दै युनाईटेडलाई २-० को जित दिलाए ।
यस जितसँगै युनाईटेडले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
उता ग्रानडालाई भने अर्को चरण मा पुग्न दोस्रो लेगमा फराकिलो जित निकाल्नु पर्ने भएको छ ।
युनाईटेडको मैदानमा हुने दोस्रो लेग अप्रिल १६ मा हुनेछ । यस्तै अन्य खेल मा इटालीयन क्लब ए स रोमा, र स्पानीस क्लब भिल्लारियल ले पनि आफ्नो खेल मा जित हात पार्दा आर्सनल र स्लाभिया पराग ले १-१ को बराबरी खेलेका छ्न ।