नेपाल सुपर लिग को उपाधी काठमाडौं रेजर्स लाई

काठमाडौं रेजर्स एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको उपाधि जितेको छ ।

शनिबार भएको फाइनल खेलमा धनगढी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै काठमाडौं ले उपाधी कब्जा गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले २१ औ मिनेटमा गरेको गोल निर्णायक बन्यो । विश्वास श्रेष्ठले धनगढीका मिडफिल्डर विशाल राईबाट बल खोस्दै अगाडी बढाएर उपलब्ध गराएको बलमा मेसौकेले उत्कृष्ट गोल गरेका थिए ।

मेसौकेको लिगमा यो आठौं गोल हो । उनी प्रतियोगिताको सर्वाधिक गोलकर्ता समेत बनेका छन ।

उपाधिसँगै काठमाडौंले ३५ लाख नगद प्राप्त गरेको छ भने उपविजेता बनेको धनगढीले १५ लाखमा चित्त बुझाएको छ ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गरेको पहिलो संकरणको सुपर लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments