मलेसिया द्वारा नेपाल लाई ११० रनको लक्ष्य प्रस्तुत

ट्राइ नेसन्स टी ट्वान्टी सिरिज अन्तर्गत तेस्रो खेल मा मलेसिया ले नेपाल लाइ ११० रनको लक्ष्य दिएको छ । टि यु क्रीकेट ग्राउन्ड मा टस जितेर नेपाल ले पहिलो फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरेको मलेसिया १६ ओभरमा सबै विकेट गुमाउदै १०९ रन बनायो । मलेसिया को लागि साइद अजिज ले २७ रनको योगदान दिए त्यसबाहेक अन्य ब्याट्सम्यान ले खासै गतिलो प्रदर्शन गर्न सकेनन । बलिङ तर्फ नेपाल का करन केसी ले ३ तथा सन्दीप लामिछाने ले २ विकेट लिए । सोमपाल कामी र साहाब आलम कुशल मल्ल ले १/१ विकेट हात पारे । अब ११० रनको लक्ष्य लिएर नेपाल ले केही बेर मा जबाफी ब्याटिङ गर्ने छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments