चेल्सी ,थोमस टुचेल र च्याम्पियन्स लिग ग्लोरी
“म चेल्सी लाइ युरोप को यस्तो बलियो टिम बनाउन चाहन्छु कि हाम्रो टिम विरुद्ध अर्को कुनै पनि टिम कहिल्लै खेल्ने चाहाना नराखोस ” जनवरी २६ २०२१ को दिन चेल्सी को मुख्य प्रशिक्षक मा नियुक्त भएपछि आफ्नो पहिलो प्रेस कन्फ्रेन्स मा थोमस टुचेल ले भनेका कुरा थियो त्यो । नभन्दै त्यसको छ महिनापछि टुचेल ले त्यो आफ्नो बाचा पूरा गरेका छ्न चेल्सी लाई दोस्रोपटक युरोपेली च्याम्पियन्स लिग को उपाधी जिताएर ।

पोर्चुगल को पोर्टो शहर मा हिजोराती मात्र सम्पन्न च्याम्पियन्स लिग को फाइनलमा अर्को ईंग्लिश क्लब म्यान्चेस्टर सिटी लाई १-० ले हराउदै लन्डन क्लब चेल्सी दोस्रोपल्ट युरोपेली बिजेता बन्न सफल भयो ।

फाइनलमा जर्मन मिडफिल्डर काइ हाभर्ट्ज ले पहिलो हाफ को ४२ औ मिनेटमा गरेको एक मात्र गोल चेल्सी लाई उपाधी दिलाउन पर्याप्त भयो । चेल्सी ले खेल अबधी भर मात्र एक गोल गर्न सफल भयो तर फाइनल ९० मिनेटमा सबै क्षेत्रमा म्यान्चेस्टर सिटी भन्दा चेल्सी सबै कुरामा अब्बल देखिन्थ्यो चाहे पोसेसन मा होस अथवा आक्रमण को क्षेत्रमा होस ।

आफ्नो क्लब इतिहासकै सबैभन्दा बढी गोल गर्ने खेलाडी फ्रान्क लाम्पार्ड लाई बर्खास्त गर्दै चेल्सी ले जर्मन प्रशिक्ष टुचेल लाई क्लब को जिम्मेवारी सुम्पेको थियो । उनी चेल्सी को मुख्य प्रशिक्षक हुने पहिलो जर्मन नागरिक थिए । उनी क्लब मा आउदा चेल्सी फूटबल क्लब धेरै समस्या बाट गुज्रिएको थियो ।

क्लब को पर्फमेन्स राम्रो थिएन , ठूलो लगानी गरेर क्लब मा भित्र्याएका खेलाडी हरु अपेक्षा गरेको जस्तो खेल्न सकेका थिएनन भने पुराना खेलाडी हरु पनि थकित देखिन थालेका थिए । त्यो भन्दा दु:खद र महत्त्वपूर्ण कुरा त चेल्सी प्रिमिएर लिग तालिका को नबौ स्थान मा थियो ।

लिग को आधा भन्दा बढी खेल खेलिसक्दा चेल्सी अर्को सिजन को च्याम्पियन्स लिग खेल्ने सम्भावना लगभग सकिएको जस्तो देखिन्थ्यो । यति समस्या को बिच क्लबको बागडोर सम्हालेका टुचेलको नेतृत्व मा १ दिनपछि चेल्सी ले पहिलो खेल्यो तर उल्भस संग को उक्त खेल गोल रहित बराबरीमा सकियो भने दोश्रो खेल मा चेल्सी ले बर्नली लाई २-० ले हरायो ।

केही हप्ता पछि नै चेल्सी मा टुचेल को प्रभाव मज्जा ले देखीन थाल्यो ।त्यसपछि सबैखाले प्रतियोगिता मा गरेर चेल्सी १३ खेल मा अपराजित रह्यो । भने लय मा नभएका खेलाडी हरुले बिस्तारै लय समाउन थाले। फ्रान्क लाम्पार्ड को नेतृत्व मा आफ्नो ग्रुप को बिजेता बन्दै च्याम्पियन्स लिग को प्री क्वाटरफाइनलमा पुगेको चेल्सी को भेट स्पेनिस ला लिगा को शिर्ष स्थानमा रहेको एटलेटिको म्याड्रीड संग थियो ।

२४ फेब्रुअरीमा सम्पन्न प्री क्वाटरफाइनल को पहिलो लेग मा चेल्सी ले एटलेटिको म्याड्रीड लाई उसकै घरेलुु मैदानमा १-० र दोस्रो लेग मा २-० को जित सहित समग्रमा ३-० को स्पस्ट जित हात पार्दै पछिल्लो ६ बर्षमा चेल्सी पहिलोपटक च्याम्पियन्स लिग को क्वाटरफाइनल को यात्रा तय गरेको थियो।
क्वाटरफाइनलमा पोर्चुगिज क्लन पोर्टो लाई समग्रमा २-१ ले र सेमिफाइनल मा १३ पटक को च्याम्पियन्स लिग बिजेता स्पेनिस जायन्ट रियल म्याड्रीड लाई ३-१ ले हराउदै ९ सिजन पछि चेल्सी ले च्याम्पियन्स लिग को फाइनल यात्रा तय गरेको थियो । यस बिचमा सबैभन्दा रोचक कुरा त यो छ कि फ्रान्क लाम्पार्ड हुदा निकै फितलो देखिने गरेको चेल्सी को डिफेन्स ले प्री क्वाटरफाइनल देखि यता मात्र २ गोल बेहोर्दै फाइनल सम्म पुगेको थियो ।
यो सफलता को मुख्य श्रेय उनै टुचेल लाई जान्छ । यस बिचमा टुचेल ले निकै खराब लय बाट गुज्रिएका र चर्को आलोचना खेपेका जर्मन सेन्टर ब्याक एन्टोनियो रुडिगर लाई पुरानै लय मा फर्काउन सफल भए भने अर्का निकै अनुभवी ब्राजिली थियागो शिल्भा को लय पनि निक्कै गज्जब को देखिन्थ्यो यस बिचमा चेल्सी ले ३० खेल खेल्दा १९ खेलमा कुनै पनि गोल नबेहोरेको कुरा बाट पनि पुष्टि हुन्छ कि चेल्सी को डिफेन्स साच्चिकै वोर्ल्ड क्लास थियो भन्ने कुरा ।
टुचेल ले क्लब सम्हालेको बेला ईंग्लिश प्रिमिएर लिगको ९ औं स्थानमा रहेको चेल्सी अन्तिम खेल मा हार को बाबजुत अर्को सिजन च्याम्पियन्स लिग को लागि छनोट भयो । त्यसमा टुचेल को टिम लाइ भाग्य ले पनि राम्रै साथ दिएको हो । अन्तिम खेल मा टोनेनह्याम ले लेस्टर सिटी लाई ४-२ ले हराएपछी चेल्सी ले लिग तालिका मा चौथो हुने अबसर मिलेको थियो ।
थोमस टुचेल को नेतृत्व मा चेल्सी ले ३० खेल खेल्दा १९ खेल मा जित हात पार्नु चानचुने कुरा होइन । यसमा १८ खेल मा त चेल्सी ले एक गोल पनि नखानु झन आश्चर्य को बिषय छ । सिजन को मध्य भाग मा आएर यति छोटो समयमा चेल्सी लाई निकै ठूलो सफलता दिलाएका जर्मन प्रशिक्षक थोमस टुचेल ले एफए कप को फाइनलमा लेस्टर सिटी संग को हार बाहेक यो सिजन को सुखद र मीठो अन्त्य गरेका छ्न । यसबाट क्लब का फ्यान त खुसी छ्न नै चेल्सी क्लब बोर्ड पनि खुसी नै होला ।
तर चेल्सी यस्तो अचम्म को क्लब हो उसलाइ धैर्यता भन्ने कुरा के हो पटक्कै थाहा छैन । नया खेलाडी भित्र्याउन अथाहा लगानी गर्न नडराउने उसलाइ हरेक सिजन एउटा न एउटा उपाधी चाहिन्छ नत्र भने कुनै पनि प्रशिक्षक लाई तुरुन्तै बर्खास्त गरिहाल्छ । कार्लो एन्सेलोटी , जोसे मौरिन्हो , एन्टोनीयो कोन्टे जस्ता बिश्व स्तरीय म्यानेजर लाई लिग उपाधि जिताएको अर्को सिजन नै निर्मम तरिकाले बर्खास्त गर्नु ले यो कुरालाइ थप पुष्टी गर्छ ।
अझ भनौ चेल्सी का मालिक रसियन रोमन अब्रामोभिच लाई आफ्नो क्लब दोश्रो वा तेस्रो भएको पटक्कै मन पर्दैन । सन २००४ मा चेल्सी फूटबल क्लब को स्वामित्व लिएका रसियन अर्बपती अब्रामोभिच ले यो बिचमा १४ जना मुख्य प्रशिक्षक परिबर्तन गर्नुले पनि यो कुरालाई थप पुष्टि गर्छ ।
चेल्सी संग १८ महिनाको करार सम्झौता गर्दै क्लब सम्हाल्न आएका टुचेल ले म्यान्चेस्टर सिटी लाइ हराउदै युरोपियन च्याम्पियन्स लिग को उपाधी जितेपछि पोस्ट म्याच मा बोल्दै आफुले क्लब संग नया सम्झौता मा हस्ताक्षर गरेको कुरा बताएका छ्न । यो कुरा बाट सजिलै अनुमान गर्न सकिन्छ टुचेल ले लामो समय सम्म चेल्सी मा बिताउन चाहन्छ्न ।
अहिले चेल्सी निकै युबा र प्रतिभाशाली खेलाडी हरुले भरिएको युरोप लै उत्कृष्ट र हेर्न लायक टिम छ । २०२०/२१ को सिजनमा पुरै सिजन भरी चेल्सी को सर्बाधिक गोल कर्ता जर्जिन्हो ले मात्र सात गोल गरेका छ्न त्यो पनि पुरै पेनाल्टी माफर्त गरेको गोल । त्यस्तै टिमो वेर्नर ले र मासोन माउन्ट ले ६/६ गोल गरेर दोश्रो स्थान मा छ्न यो कुरा बाट के पुष्टी हुन्छ भने चेल्सी एउटा खेलाडी मा भर पर्ने क्लब होइन उ संग एउटा उत्कृष्ट टिम छ ।
यस्तो उत्कृष्ट टिम सम्हाल्ने सौभाग्य अहिले टुचेल ले पाएका छ्न । अबको केही दिन मा युरो कप सुरु हुँदै छ । युरोप कप सकिएको १ महिना मा नया सिजन को प्रिमिएर लिग सुरु हुनेछ । चेल्सी मा अर्को सिजन को लागी नया खेलाडी किन्न क्लब ले १५० मिलियन भन्दा बढि पैसा लगानी गर्ने बताइसकेको छ अब च्याम्पियन्स लिग को उपाधी जितिसकेपछी यो लगानी गर्ने पैसा अझै बढ्ने कुरा पक्का छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यम का अनुसार टुचेल ले इन्टर मिलान का रोमेलु लुकाकु , वेस्ट ह्याम का डेक्लेन राइस र बोरुसिया डर्टमुन्ड का जाडोन सान्चो आफ्नो पहिलो प्राथमिकता मा राखेको बताइएको छ ।
यदि अबको ट्रान्सफर विन्डो मा चेल्सी ले लुकाकु राइस सान्चो जस्ता खेलाडी हरु क्लब मा भित्र्याएको खण्ड मा अब आउने २०२१/२२ को सिजन मा चेल्सी थोमस टुचेल ले भने जस्तै युरोप कै उत्कृष्ट मध्य को एक र अरु कुनै पनि क्लब ले खेल्न नचाहने टिम बन्ने मा कुनै दुइमत छैन ।
यो सिजन उत्कृष्ट फूटबल खेल्दै युरोपेली च्याम्पियन्स लिगको बिजेता बनेको चेल्सी
जर्मन जिनियस थोमस टुचेल को नेतृत्व मा अर्को सिजन कस्तो खेल्ने छ त्यो साच्चिकै हेर्न लायक हुने छ ।
