मेस्सीको दुई गोलमा बार्सिलोनाको जित

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शानदार जित निकालेको छ ।घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सीमित रियल बेटिसलाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले दुई गोल गरे । ओसुमाने डेम्बेले, एन्टोनियो ग्रिजम्यान र पेड्रीले एक/एक गोल थपे । बेटिसका एन्टोनियो सानाब्रिया र लोरेन मोरानले एक/एक गोल फर्काए ।

जितसँगै बार्सिलोनाले ७ खेलमा ११ अंक जोडेको छ । तेस्रो जित निकालेको बार्सिलोना आठौं स्थानमा उक्लिएको छ । बेटिस ९ खेलमा १२ अंक जोडेर सातौं स्थानमा छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments