६ वर्ष पछि टोटेनह्याम प्रीमियर लिग को शिर्ष स्थान मा
इङलिस प्रीमियर लिग मा टोटेन्ह्याम को बिजयी यात्रा जारी छ ।
हिजो राती सम्पन्न खेल मा टोटेन्ह्याम ले म्यान्चेस्टर सिटि लाई २-० गोल अन्तर ले हरायो ।

टोटेन्ह्याम को जित मा सन ले र सेल्सो ले १/१ गोल गरे ।यो जित संगै ९ खेल बाट २० अङ्क बनाउदै टोटेनह्याम प्रीमियर लिग को शिर्ष स्थान मा पुगेको छ ।

सन २०१४ को सिजन पछि पहिलोपटक टोटेनह्याम लिग को शिर्ष स्थान मा पुगेको हो ।
उता यो सिजन खराव लय बाट गुज्रिएको म्यान्चेस्टर सिटि भने ८ खेल बाट १२ अङ्क को साथ मा लिग को ११ औ स्थान मा रहेको छ।यस्तै हिजो राती नै सम्पन्न अर्को खेल मा म्यान्चेस्टर युनाईटेड ले वेस्ट ब्रोम लाई १ शुन्य गोल ले पराजित गरेको छ ।
भिडियो असिस्टेन्ट रेफ्री को निर्णय लाई लिएर बिबादास्पद भएको खेल मा युनाईटेड लाई जिताउन ब्रुनो फर्नान्डेज ले पेनाल्टी मार्फत गोल गरे ।हिजो को जित संगै ९ खेल बाट १३ अङ्क बनाएको म्यान्चेस्टर युनाईटेड लिग तालिका को ९ औ स्थान मा उक्लन सफल भयो।