बार्सिलोना ले शिर्ष स्थान मा उक्लने मौका गुमायो

स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोना ले शिर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।

बिहीबार राति भएको खेलमा बार्सिलोना आफ्नै घर मा ग्रानडासँग २-१ गोल अन्तरले पराजित भएको हो ।

घरेलु मैदानमा सुरुवाती अग्रता भने बार्सा ले नै लिएको थियो । तर उक्त अग्रता जोगाउन नसक्दा बार्सिलोना पराजित भएको हो ।

खेलको २३ औं मिनेटमा कप्तान लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

तर, खेलको ६३ औं मिनेटमा डार्विन माचिसले गोल गर्दै ग्रानडालाई १-१ गोलको बराबरीमा फर्काए ।

त्यसपछि खेलको ७९ औं मिनेटमा जोर्गे मोलिनाले गोल गर्दै ग्रानडालाई २-१ को पुनरागमन जित दिलाए । ग्रानाडा ले इतिहासमै पहिलोपटक क्याम्प नौ मा तीन अन्क बटुलेको हो ।

यस हारसँगै बार्सिलोनाले शीर्ष स्थानमा उक्लने सुनौलो मौका गुमाएको छ ।

बार्सिलोनाले ३३ खेलमा ७१ अंक जोडेको छ । बार्सिलोना तेस्रो स्थानमा रहेको छ ।

ग्रानडा ४५ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments