नेपाल पुलिस को दोश्रो जित आर्मी पराजित
राजधानी मा जारी मेयर कप क्रिकेट मा नेपाल पुलिस ले दोश्रो जित हात पारेको छ । उसले आर्मी लाई ३ विकेट ले पराजित गरेको हो । जितको लागि ८८ रनको सामान्य लक्ष्य पछ्याएको पुलिसले १८.३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । पुलिसका ओपनर सुनिल धमलाले ४८ बलमा ३ चौका र २ छक्का सर्वाधिक ३९ रनको योगदान दिए । पवन सरार्फ २६ बलमा ३ चौका र १ छक्का सहित २२ रनमा अविजित रहे ।
यस अघि मुलपानी क्रीकेट ग्राउन्ड मा टस जितेर पहिलो ब्याटिङ गरेको आर्मी ले ३२ ओभरमा सबै विकेट गुमाएर ८७ रन बनाएको थियो । आर्मी को लागि लोकेश बम ले ३२ रन बनाउनु बाहेक अरु कुनै पनि ब्याट्सम्यान ले गतिलो प्रदर्शन गर्न सकेनन । आर्मी को लागि बिक्रम सोब ले १४ रन तथा रोहित पौडेल ले ४५ बल मा १३ रन बनाए । बलिङ तर्फ पुलिस का सागर ढकाल ले ५ विकेट लिए भने पवन सराफ ले ३ तथा ललित राजबम्सी ले २ विकेट लिएका थिए । ३ विकेट र अबिजित २२ रन हानेका पुलिस का पवन सराफ म्यान अफ दि म्याच भए ।