क्रिस्टल प्यालेस द्वारा ब्राइटन पराजित

काठमाण्डाै – ईंग्लिश प्रिमियर लिगको पछिल्लो खेलमा क्रिस्टल प्यालेसले ब्राइटनलाई पराजित गरेको छ ।

गएराति भएको खेलमा क्रिस्टल प्यालेसले ब्राइटनलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

क्रिस्टल प्यालेसको जितमा माटेटाले २८ औं र बेन्टेकेले दोश्रो हाफ को अतिरिक्त समयमा एक/एक गोल गरेका हुन् । यस्तै ब्राइटनका लागि भेल्टम्यानले ५५ औं मिनेटमा एक गोल गरेका थिए ।

यो जित संगै लिगमा क्रिस्टल प्यालेस ३२ अंकसहित लिग तालिका को १३ औं स्थानमा रहेको छ भने ब्राइटन २६ अंकसहित १६ औं स्थानमा रहेको छ ।

शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको ५९ अंक रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments