च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाको जीत

च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले युभेन्टसलाई पराजित गरेको छ। कोरोना संक्रमणका कारण स्टार क्रिस्टियानो रोनाल्डो बिना मैदानमा उत्रेको युभेन्टसलाई बार्सिलोनाले २-० गोलले पराजित गरेको छ।

बार्सिलोनाको जितमा ओउसमान डेम्बेले र लियोनेल मेसीले एक/एक गोल गरे । डेम्बेलेले खेलको १४औँ मिनेटमा मेस्सीको असिस्टमा गोल गरे । खेलको ८५औँ मिनेटमा युभेन्टसका मरिह डेमिरलले दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि दबाबमा परेको युभेन्टसले ९१औँ मिनेटमा अर्को गोल खायो ।

९१औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै मेस्सीले बार्सालाई २-०को जित दिलाए । लियोनल मेस्सीको गोलमा च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले युभेन्टसमाथि सहज जित हात पारेको छ। जितपछि बार्सिलोना समूह जीमा दुवै खेल जितेर ६ अंकसहित शीर्ष स्थानमा छ भने भने युभेन्टसको २ खेलमा ३ अंक रहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments