एेरी र अरिविन्दलाई पछी पर्दै ऐयर बने आइसीसी प्लेयर अफ द मन्थ
आइसीसीले सार्वजनिक गरेको फेब्रेवरी महिनाको उत्कृष्ट खेलाडीको मनोनयमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह एेरी परेका थिए । उनीसँगै मनोनयनमा युएईका युवा खेलाडी अरिविन्द र भारतीय युवा ब्याटर श्रेयस ऐयर परेका थिए।
दीपेन्द्र र अरिविन्दलाई पछी पर्दै श्रेयस ऐयरले आइसीसी प्लेयर अफ द मन्थ फेब्रेवरी घोसित भएका छन। दीपेन्द्र र अरिविन्दले आइसिसी टि२० विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गरेका थिए । श्रेयसले श्रीलंका र वेस्ट इन्डिजविरुद्ध सिरिजमा उच्च प्रदर्शन गरेका थिए । दीपेन्द्रले विश्वकप छनोटमा १ सय ५९ रन र ३ विकेट लिएका थिए । त्यसअघि चार देश सम्मिलित सिरिजमा १ सय ४२ रन र आयरल्यान्डविरुद्ध एकै खेलमा ४ विकेट हात पारेका थिए । दीपेन्द्रले विश्वकप छनोटमा नेपाललाई सेमिफाइनलसम्म पुर्याउन उच्च अलराउन्ड प्रदर्शन गरेका थिए ।
श्रेयस ऐयरश्रीलंकासँगको तीन टि२० आई खेलमा २८ बलमा ५७ रन, ४४ बलमा ७४ रन र ४५ बलमा ७३ रनमा अविजित रहेका थिए । ऐर तीनै खेलमा अविजित थिए । तीन खेलमा गरि २० चौका र ७ छक्का प्रहार गरेका थिए । वेस्टइन्डिजसँग तेस्रो ओडिआईमा ८० रन जोडेका थिए ।