लेस्टर सिटी बराबरी मा रोकियो

इंग्लिस प्रिमियर लिग फुटबल को पछिल्लो खेलमा लेष्टर सिटी बराबरीमा रोकिएको छ ।

शुक्रबार राति भएको खेलमा लेष्टरले साउथह्याम्पटनसँग १-१ गोलको बराबरी खेलेको हो ।

सुरुवातमै १० खेलाडीमा सिमित भएको साउथह्याम्पटनमाथि लेष्टरले जित निकाल्न असफल भयो ।

खेलको १० औं मिनेटमा जान्निक भेस्टरगार्डले रातो कार्ड पाएपछि साउथ ह्याम्प्टन १० खेलाडीमा समेटिएको थियो । जेमी भार्डीलाई खराब ट्याकल गरेपछि उनले कार्ड पाएका थिए ।

खेलमा सुरुवाती अग्रता पनि साउथह्याम्पटनले नै बनाएको थियो ।

खेलको ६१ औं मिनेटमा जेम्स वार्डले पेनाल्टीमा गोल गर्दै साउथह्याम्पटनलाई १-० को अग्रता दिलाए ।

तर, खेलको ६८ औं मिनेटमा जोनी इभान्सले गोल गर्दै लेष्टरलाई १-१ गोलको बराबरीमा फर्काए ।

यस बराबरीसँगै लेष्टर ३४ खेलमा ६३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

साउथह्याम्पटन ३७ अंक जोडेर तालिका को १४ औं स्थानमा रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments