पोर्चुगलको जितमा जोटा नायक

युइएफए नेसन्स लिगमा साविक विजेता पोर्चुगलले जोटाको शानदार प्रदर्शनमा जित दर्ता गरेको छ। बुधबार राती भएको खेलमा पोर्चुगलले स्वेडेनलाई ३-० गोल अन्तरले पराजित गर्यो।

घरेलु मैदानमा भएको खेलमा कप्तान स्टार खेलाडी क्रिस्ट्यानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलको जितमा डिएगो जोटाले २ गोल र बर्नाडो शिल्भाले १ गोल गरे। खेलमा घरेलु टोलिले २१ औ मिनेटमा बर्नाडो सिल्भाको गोलमा अग्रता लिएको थियो।

४४ मिनेटमा डिएको जोटाले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए। ७२ औ मिनेटमा विलियम कर्भाल्होको पासमा जोटाले व्यक्तिगत दोस्रो र टोलिको लागि तेस्रो गोल गर्दा पोर्चुगल सहज जित दिलाए। जितसँगै पोर्चुगल गोल अन्तरको आधरमा शिर्ष स्थानमा यथावत छ भने फ्रान्स दोस्रो स्थानमा छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments