क्रीस्टियानो रोनाल्डो शताब्दी कै सर्बोत्कृस्ट
फूटबलर घोषित पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो २१औं शताब्दीकै सर्बोत्कृष्ट खेलाडी घोषित भएका छन् ।युएईको दुबईमा आइतबार भएको ग्लोबल सकर अवार्डमा रोनाल्डोले प्लेअर अफ दि सेन्चुरीक अवार्ड जिते ।

उन्ले यसका लागि अर्जेन्टिना का लिओनल मेस्सी, इजिप्ट का मोहम्मद सालाह र ब्राजिल का रोनाल्डिन्हो लाई पछि पारे ।दुबईमा भएको एक अवार्ड कार्यक्रममा रोनाल्डो सन् २००१ देखि २०२० सम्मको उत्कृष्ट खेलाडी चुनिएका हुन् ।
यसबीचमा उनले पाँचपटक च्याम्पियन्स लिग उपाधि जिते । यस्तै इङलिस क्लब म्यानचेष्टर युनाइटेडबाट तीन प्रिमियर लिग, स्पेनिस क्लब रियल मड्रिडबाट दुई ला लिगा र पोर्चुगलका लागि युरो कप र नेसन्स लिग पनि जितेका छन् ।अबाड ग्रहण गर्दै रोनाल्डो ले भने ‘धन्यवाद सबैलाई जसले मलाई भोट गर्नुभयो ।
धन्यवाद मेरो परिवार मेरो आमा र दिदीहरु,’ रोनाल्डोले भने, ‘यो एउटा असाधारण उपलब्धि हो । यसले मलाई अगाडि बढ्न प्रेरणा दिन्छ ।’‘सर्वश्रेष्ठ नाम पाउनु ठूलो सम्मान हो, म आशा गर्छु कि अहिलेको अवस्था अर्को वर्ष सकिनेछ र हामी रमाइलो गर्न सक्दछौं, धेरै धेरै धन्यवाद । म अझै पनि धेरै वर्ष फूटबल खेल्न सक्षम हुने आशा गर्दछु ।’यस्तै ग्लोबल सकर अवार्डमा पोल्यान्ड का रोवर्ट लेवान्डोस्कीले सन् २०२० को वर्षको उत्कृष्ट खेलाडीको अवार्ड जिते ।
लेवान्डोस्कीले रोनाल्डो र लिओनल मेसीलाई पछि पारे । बायर्न म्युनिखका प्रशिक्षक हान्सी फ्लिकले उत्कृष्ट प्रशिक्षकको अवार्ड जिते । बायर्नले क्लब अफ दि इअरको अवार्ड जित्यो ।स्पेनका दुई खेलाडी रियल म्याड्रीड का पुर्ब गोकिपर इकर कासियास र बर्सिलोना का डिफेण्डर जेरार्ड पिकेले प्लेअर करियर अवार्ड प्राप्त गरे ।
यस्तै स्पानिस महारथी रियल मड्रिड क्लब अफ दि सेन्चुरी र पेप ग्वार्ढिओला कोच अफ दि सेन्चुरी घोषित भए ।