युभेन्टस को जित मा रोनाल्डो र मोराटा चम्कीए

क्रिस्टियानो रोनाल्डो र अल्भारो मोराटाको उच्च प्रदर्शनमा युभेन्टसले इटालियन सिरी ए फुटबलमा सानदार जित हात पारेको छ । नेपाली समयअनुसार आइतबार बिहान भएको खेलमा युभेन्टसले पार्मालाई उसकै घरेलु मैदानमा ०–४ ले स्तब्ध पार्यो ।

अवे मैदानमा युभेन्टसलाई जिताउन रोनाल्डोले २ शानदार गोल गरे भने मोराटाले २ असिस्ट र १ गोल गरे ।पार्माको घरेलु मैदानमा युभेन्टसले पहिलो हाफमा २ र दोस्रो हाफमा २ गोल गरेको थियो ।

युभेन्टसका लागि पहिलो गोल खेलको २३औं मिनेटमा डेजान सुलुसेभ्स्कीले गरेका थिए ।यो खेल संगै युभेन्टस १३ खेल मा २७ अङ्क को साथ मा लिग को तेस्रो स्थान मा उक्लिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments