आर्मी द्वारा पुलिस लाई ८८ रनको सामान्य लक्ष्य

मेयर कप राष्ट्रिय क्रिकेट मा त्रिभुवन आर्मी ले नेपाल पुलिस लाई ८८ रनको सामान्य रनको लक्ष्य प्रस्तुत गरेको छ । मुलपानी क्रीकेट ग्राउन्ड मा टस जितेर पहिलो ब्याटिङ गरेको आर्मी ले ३२ ओभरमा सबै विकेट गुमाएर ८७ रन बनायो । आर्मी को लागि लोकेश बम ले ३२ रन बनाउनु बाहेक अरु कुनै पनि ब्याट्सम्यान ले गतिलो प्रदर्शन गर्न सकेनन । आर्मी को लागि बिक्रम सोब ले १४ रन तथा रोहित पौडेल ले ४५ बल मा १३ रन बनाए । बलिङ तर्फ पुलिस का सागर ढकाल ले ५ विकेट लिए भने पवन सराफ ले ३ तथा ललित राजबम्सी ले २ विकेट लिए । अब ८८ रनको लक्ष्य लिएर नेपाल पुलिस ले केही बेर मा जबाफी ब्याटिङ गर्ने छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments