किरोन पोलार्ड ले हाने ६ बलमा ६ छक्का

वेस्ट इण्डिज का कप्तान किरोन पोलार्ड ले एकै ओभरमा ६ छ्क्का प्रहार गरेका छ्न । आज बिहान सम्पन्न श्रीलंकाबिरुद्धको पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा क्रिकेट मा विष्फोटक ब्याटिङ गर्दै पोलार्डले एकै ओभरमा ६ छक्का प्रहार गरेका हुन । श्रीलंका ले दिएको १३४ रन को लक्ष्य पछ्याउने क्रममा पोलार्डले श्रीलंकाली स्पिनर अकिला धनन्जयलाई ६ छक्का प्रहार गरेका हुन । यो संगै टि ट्वान्टी क्रिकेट मा छ छक्का हान्ने उनी दोस्रो खेलाडी बनेका छन यस अघि भारत का युबराज सिंह ले सन २००७ को टि ट्वान्टी बिश्व कप मा इङ्ल्याण्ड विरुद्ध खेल्दै स्टुअर्ट ब्रोड को बल मा ६ छक्का प्रहार गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments