प्रधानमन्त्री कप क्रिकेट आजदेखी सुरु हुँदै

देश कै सबैभन्दा ठूलो घरेलुु क्रिकेट प्रतियोगिता प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता को सातौ संस्क्ररण आजदेखी काठमाडौं र भैरहवा मा सुरु हुँदै छ । राष्ट्रिय खेलकुद परिषद को आर्थिक सहयोग र नेपाल क्रिकेट संघ क्यान को आयोजना मा सन २०१७ देखी हरेक बर्ष प्रधानमन्त्री कप क्रिकेट आयोजना हुँदै आएको छ ।

७ प्रदेश र ३ बिभागिय टोलि गरि कुल १० टिम सहभागी हुने यस प्रतियोगिता पहिलोपटक राउन्ड रोबिन पद्धति अनुसार खेलाइने छ भने पहिलोपटक काठमाडौं बाहिर रुपन्देहीको भैरहवामा पनि खेल आयोजना हुने छ्न ।

किर्तिपुर स्थित टियु क्रिकेट ग्राउन्ड , काठमाडौं मुलपानी स्थित माथिल्लो मुलपानी क्रिकेट ग्राउन्ड र रुपन्देही स्थित भैरहवा को सिद्दार्थ क्रिकेट रंगशालामा २२ दिन सम्म चल्ने यस प्रतियोगिता मा फाइनल सहित कुल ४६ खेल हुनेछ्न ।

प्रतियोगिता को साबिक बिजेता टोलि शशस्त्र प्रहरी बल एपीएफ टिम हो । छैठौं संस्क्रण सकिदा सम्म प्रधानमन्त्री कप को सबैभन्दा सफल टोलि पनि एपीएफ हो उसले अहिलेसम्म ३ पटक उपाधी हात पारिसकेको छ त्यस्तै नेपाल पुलिस र त्रिभुवन आर्मी ले एकएकपटक उपाधी हात पारेका छ्न भने सन २०१७ मा सम्पन्न पहिलो संस्क्रण को फाइनल बर्षा ले प्रभावित हुदा आर्मी र नेपाल पुलिस लाई संयुक्त उपाधी प्रदान गरिएको थियो ।

कप्तान रोहित एपीएफ मा

नेपाली राष्ट्रिय क्रिकेट टिम का कप्तान रोहित कुमार पौडेल आफ्नो पुरानो टिम त्रिभुवन आर्मी क्लब छोड्दै अर्को बिभागिय टोलि एपीएफ बाट खेल्ने भएका छ्न । पछिल्लो ६ वटै संस्करण मा आर्मी को प्रतिनिधित्व गरेका रोहित ले यस बर्ष देखि आर्मी मा करार सम्झौता नवीकरण नगर्ने निर्णय गर्दै एपीएफ मा आवद्ध भएका हुन ।

राष्ट्रिय टिम को कप्तान रहेका रोहित त्रिभुवन आर्मीमा भने खेलाडी मात्र थिए , आर्मी को कप्तानी राष्ट्रिय टिम का विकेट किपर ब्याटर बिनोद भण्डारी ले गर्दै आएका छ्न । एपीएफका कप्तान प्रदिप ऐरी लाई बिस्थापन गर्दै अब रोहित एपीएफको नया कप्तान हुनेछ्न ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments