गौतम बुद्ध कप क्रिकेट मंसिर २७-३० सम्म
मंसिर २७ गतेदेखि चितवनमा गौतम बुद्ध कप क्रिकेटको आयोजना हुने भएको छ। बागमती प्रदेश क्रिकेट संघको आयोजनामा हुन गैरहेको यो प्रतियोगिताको लागि तीन टोलीको घोषणा भएको छ ।
आयोजकले बुधबार बागमती, राप्ती र नारायणी नामको तीन टोलीको घोषणा गरेको हो । राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लले बागमतीको कप्तानी गर्नेछन् भने अलराउण्डर पारस खडकाले नारायणी टिमको कप्तानी गर्नेछन् । यस्तै विनोद भण्डारीले राप्तीको कप्तानी गर्नेछन् । तीनवटै टिममा समान १४ खेलाडी रहेका छन् ।
आयोजक बागमती प्रदेशले बुधबार सार्वजानिक गरेको खेलतालिका अनुसार मङ्सिर २७ गते उद्घाटन खेलमा ज्ञानेन्द्र मल्ल कप्तानीको बागमती र पारस खड्का कप्तानीको नारायणीले प्रतिस्पर्धा गर्नेछन्। मङ्सिर २८ गते बागमती र बिनोद भण्डारी कप्तानीको राप्तीले तथा मङ्सिर २९ गते राप्ती र नारायणी बीच प्रतिस्पर्धा हुनेछ। तिन वटा खेल सम्पन्न भएपछि अंकतालिकामा उत्कृस्ट हुने दुइ वटा टिमबीच फाइनल खेल मङ्सिर ३० गते आयोजना हुनेछ।
घोषित टोलिमा राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहेका उपकप्तान दिपेन्द्र ऐरी र कुशल मल्ल भने छैनन्। दुवै खेलाडी घाइते भएपछि खेल्न नसक्ने भएका हुन्। दिपेन्द्रको ढाडमा समस्या र कुशलको हातमा समस्या रहेको छ।
कुन टिममा को-को छन् खेलाडीहरु :-
बागमती : ज्ञानेन्द्र मल्ल ( कप्तान ) , सोमपाल कामि र अनिल साह, राशिद खान, ललित राजवंशी, सागर ढकाल, रोहित पौडेल, पवन सरार्फ, सुनिल धमला, बिक्रम सोब, प्रदीप ऐरी, भिम शार्की , आकाश थापा, संघर्ष पौडेल
नारायणी : पारस खड्का (कप्तान), सुबास खकुरेल, करण केसी, किशोर महतो, सुशन भारी, साहब आलम, आरिफ शेख, सन्दीप जोरा, रित गौतम, सिद्धान्त लोहनी, ईशान पान्डे, राजु रिजाल, दीपेश श्रेष्ठ र बिवेक यादव
राप्ती : बिनोद भण्डारी (कप्तान), कुशल भुर्तेल, अविनाश बोहरा, कमल सिंह ऐरी, सुर्य तामाङ, भुवन कार्की, शरद भेषवाकर, लोकेश बम, आसिफ शेख, जितेन्द्र मुखिया, अमित श्रेष्ठ, सुमित महर्जन, हरि चौहान र स्वप्निल अधिकारी
