फाती को गोलमा बार्सिलोना विजयी

स्पेनिस लिग लालिगा अन्तर्गत बार्सिलोनाले सेल्टाभिगिलाई ३-० गोल अन्तरले हराउदै लिगमा लगातार दोस्रो जित निकालेको छ।बिहिबार राती भएको खेलमा बार्सिलोनलाई जित दिलाउन अन्सु फाती र सेर्जियो रोब्रेट्रोले गोल गर्दा एक गोल उपहार पाएको थियो।

खेलको ११ औ मिनेटमा फिलिपे कहौन्टिनोको पासमा युव खेलाडी अन्सु फातीले गोल गर्दै बार्सिलोनालाई खेलमा अगाडी बढाएका थिए।पहिको हाफको अन्त्यमा लेनगेल्टले दोस्रो पहिले कार्ड खादै मैदान बाहिरिएपछी बार्सिलोला १० खेलाडिमा सिमित भएको बार्सिलोनाको खेलमा भने कमि आएन।

५१ औ मिनेटमा सेल्टाका लुकास ओल्जाले आफ्नै पोस्टमा गोल गरेपछि बार्सिलोनाले खेलमा २-० गोलको अग्रता लिएको थियो। खेलको अतिरिक्त समयमा स्रेजियो रोबेट्रोले गोल गर्दै बार्सिलोनालाई लिगमा लगातार दोस्रो जित दिलाए। यससँगै बार्सिलोमा दुई खेलमा दुवैमा जित निकाल्दै ६ अङ्क जोडेर पाँचौ स्थानमा उक्लिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments