म्यान्चेस्टर सिटी उपाधी तिर लम्किदै

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले एभर्टन लाई पराजित गरेको छ ।

आज राति सम्पन्न खेलमा सिटीले एभर्टनलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

एभर्टनको घरेलु मैदान गुडिसन पार्क मा सिटीलाई जित दिलाउन फिल फोडेन, रियाद महारेज र बर्नार्डो सिल्भाले एक एक गोल गरे ।

एभर्टनका रिचार्लिसनले एक गोल फर्काए ।
खेलको ३२ औं मिनेटमा फोडेनको गोलबाट सिटीले अग्रता बनाएको थियो ।

खेलको ३७ औं मिनेटमा रिचार्लिसनले गोल फर्काएपछि खेल १-१ को अवस्थामा पुग्यो ।

खेलको ६३ औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई २-१ को अग्रता दिलाए ।

त्यसपछि खेलको ७७ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई ३-१ को जित दिलाए ।

जितसँगै सिटीले उपाधि होड बलियो बनाएको छ ।

यो जित संगै सिटीले लिगमा १० अंकको अग्रता समेत बनाएको छ ।

सिटीले २४ खेलमा ५६ अंक जोडेको छ ।

दोस्रो स्थानको युनाईटेडको ४६ अंक रहेको छ ।

एभर्टन ३७ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

यस्तै लिग को अर्को खेलमा बर्नली र फुलहमले १-१ गोलको बराबरी खेलेका छन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments