लुम्बिनीको दोश्रो जित सुदुर पश्चिम् ६ विकेट ले पराजित

राजधानी मा जारी प्रधानमन्त्री कप रास्ट्रीय क्रिकेट मा लुम्बिनी प्रदेश ले दोश्रो जित हात पारेको छ सुदुर पश्चिम् प्रदेश ले दिएको ६२ रन को झिनो लक्ष्य लिएर मैदानमा उत्रिएको लुम्बिनी ले १४.५ ओभरमा ४ विकेट गुमाएर उक्त लक्ष्य पूरा गर्यो । लुम्बिनीको जितमा सौरभ खनाल ले ले १८ रन बनाउदा प्रकाश केसि ले १७ रन को योगदान दिए । सुदुर पश्चिम् को लागि शेर मल्ल ले २ विकेट हात पारे ।

यस अघि मुलपानि क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको सुदुर पश्चिम् को टिम ६२ रन मै समेटिएको थियोे । बलिङतर्फ ४ विकेट र ब्याटिङ मा १५ रन बनाएका लुम्बिनी का कप्तान कृष्ण कार्की म्यान अफ दि म्याच भए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments