चेल्सी साउथह्यमप्टनसँग बराबरीमा रोकियो

शनिबार प्रिमियर लिगमा भएको खेलमा चेल्सीले आफ्नो घरेलु मैदानमा साउथह्यमप्टन सँग ३-३ को बराबरीमा रोकिएको छ ।

पहिल‍ो हाफमा चेल्सीले निकै उत्कृष्ट खेलको प्रदर्शन गर्यो । खेलको १५ औ मिनेटमा जर्मन स्टाइकर टिमो वेर्नरले उत्कृष्ट गोल गर्दै प्रिमियर लिगमा पहिलो गोल गर्दै आफ्नो टोली चेल्सीलाई १-० को अग्रता दिलाए । २८ औ मिनेटमा टिमो वेर्नरले खेलमा ब्यक्तिगत दोस्रो गोल गर्दा चेल्सी खेलमा २-० ले अग्रता लिन सफल भयो।

साउथह्यामप्टनका ड्यानी ईङ्स ले चेल्सीका जर्मन मिडफिल्डर काई हावर्ट्स को गल्तीमा पाएको मौकालाई सदुपयोग गर्दै खेलको ४३ औ मिनेटमा खेललाई २-१ मा लाए । पहिलो हाफ २-१ मा समाप्त भएको थियो। दोस्रो हाफको ५७ औ मिनेटमा घरेलु टोलीको खराब डिफेन्डिङको फाइदा उठाउदै पाहुना टोली साउथह्यम्पटनका आडम्सले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

खेल धरै समय सम्म बराबरीमा रहेन खेलमा उत्कृष्ट प्रदर्शन गरिरहेका वेर्नरले सिर्जना गरेको मौकालाई सदुपयोग गर्दै जर्मन मिडफिल्डर हावर्ट्स ले चेल्सीलाई खेलमा पुन अग्रता दिलाउन सफल भए ।

खेलको ९० औ मिनेटमा भेस्टरगार्डले ग‍ोल गर्दै खेललाई ३-३ को बराबरीमा लाए र खेलमा बाकी समय दुवै टिमले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा दुवै टिमले १ १ अंकमा चित्त बुझाउन बाध्य भए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments