म्यान्चेस्टर युनाईटेड एफए कप को क्वाटरफाइनलमा

अतिरिक्त समय मा वेस्ट ह्याम लाई १-० ले हराउदै म्यान्चेस्टर युनाईटेड एफए कप को क्वाटरफाइनलमा प्रवेश गरेको छ । युनाईटेड को घरेलुु मैदान ओल्ड ट्राफोड मा भएको खेल निर्धारित समय मा गोल रहित बराबरी मा सकिएपछी खेल अतिरिक्त समय मा धकेलिएको थियो । खेलको ९७ मिनेटमा युनाईटेड का स्कोट म्याक्टोमिने ले गरेको एकमात्र गोल निर्णायक हुन पुग्यो मार्कोस रासफोर्ड को पास मा उनले उत्कृष्ट गोल गरेका थिए । खेल पछि प्रतिक्रिया दिदै म्यान्चेस्टर युनाईटेड का म्यानेजर ओले गनर सोल्सजार ले भने “पछिल्लो लिग खेल मा एभर्टन संग को ड्र ले हामी निकै दुखी थियौ तर आज को खेल मा मेरो टिम जितको लागि लायक छ , खेल मा १ मात्र गोल भयो तर मेरो बिचार मा आज को खेलमा युनाईटेड नै जितको हकदार हो”

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments