नेपाल द्वारा मलेसिया लाई २१८ रनको लक्ष्य प्रस्तुत

ट्राइ नेसन्स टी ट्वान्टी सिरिज अन्तर्गत नेपाल ले मलेसिया लाइ २१८ रनको लक्ष्य दिएको छ । टि यु क्रीकेट ग्राउन्ड मा टस जितेर मलेसिया ले पहिलो फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरेको नेपाल ले २० ओभरमा ७ विकेट गुमाउदै २१७ रन बनायो । नेपाल को लागि करन केसी ले सर्बाधिक ४५ रन आसिफ शेख ले ४२ र कप्तान ज्ञानेन्द्र मल्ल ले ४१ रनको योगदान दिए त्यसबाहेक दिपेन्द्र सिंह ऐरी ले ३३ , कुशल भुर्तेल ले १६ रन तथा बिनोद भण्डारी ले ६ रन बनाए । बलिङ तर्फ मलेसिया का फिर्ती शाम साइद अजिज र अनवार रहमान ले २/ २ तथा र मुहमद वाफिक ले १ विकेट हात पारे । अब २१७ रनको लक्ष्य लिएर मलेसिया ले केही बेर मा जबाफी ब्याटिङ गर्ने छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments