धेरै समय पछि चलेको आसिफ शेख को ब्याट
सन २०१६ को अक्टोबर २ को दिन एभरेस्ट प्रीमियर लिग को फाइनल मा कलर्स एक्स फ्याक्टर विरुद्ध टि यु मैदानमा शतक प्रहार गरेपछी बिरगंज का १६ बर्षिय कलिला ब्याट्सम्यान मोहम्मद आसिफ शेख को नाम सर्बत्र चर्चा मा आयो ।
उनको उक्त खेल ले धेरै जना को ध्यान तान्न सफल भएको थियो । उक्त इनिङ पछि धेरैले उनलाइ नेपाली क्रीकेट को भबिस्य को स्टार को रुपमा हेर्न थालेका थिए । हुन पनि उनको त्यो इनिङ निकै नै लोभलाग्दो थियो । तर जिन्दगीमा सबै सोचेको जस्तो कहाँ हुन्थ्यो र , आसिफ ले पनि त्यही नियती भोग्नु पर्यो , उनको करियर ले सोचे जस्तो गति लिन सकेन ।
तर उक्त इनिङ पछि आसिफ को ब्याट एकाएक चल्न छोड्यो , जिल्ला स्तर को खेल होस या क्षेत्रीय अथबा रास्ट्रीय स्तर को खेल उनको ब्याट बाट खासै रन बन्न सकेन । घरेलुु प्रतियोगिता मा निरन्तर मौका पाउँदा पनि उनले त्यसलाइ सदुपयोग गर्न सकेनन ।
१६ बर्ष को कलिलो उमेर मा आक्रमक ब्याटिङ मार्फत सबैको ध्यान तानेका उनी कतै हराए जस्तो भए । त्यो बिच मा उनका आफ्नै दाजु आरिफ शेख रास्ट्रीय टिम मा लगातार पर्न थालेका थिए भने भाइ आसिफ को फर्म झन पछि झन बिग्रेको अबस्था थियो ।
खराब लय मा हुदा हुँदै पटकपटक नेपाल को १९ बर्ष मुनिको टिमबाट खेलेका र एकपटक टिम को नेतृत्व समेत गरिसकेका उनले सन २०१८ मा रास्ट्रीय टिम मा पनि डेब्यु गर्ने अबसर समेत पाए तर उक्त अबसर लाई पनि खेर फाल्दा उनको त्यसपछि रास्ट्रीय टिम मा ढोका बन्द भयो ।
घरेलुु प्रतियोगिता निकै कम हुने हाम्रो जस्तो देश मा आसिफ ले पटकपटक पाएको मौका खेर फालेको देख्दा धेरै क्रीकेट प्रेमी लाई लाग्न थालेको थियो कतै २१ बर्ष को युबा उमेरमा नै आसिफ को क्रीकेट करियर सकिन लागेको त होइन ।
तर केही समय देखि देखी फ्यान हरुले बिर्सिसकेका आसिफ राजधानी चलिरहेको प्रधानमन्त्री कप पुरुष रास्ट्रीय क्रीकेट मा आज प्रदेश १ बिरुद्ध आक्रमक अर्धशतक बनाउदै फेरि एकपटक सबै क्रीकेट प्रेमी को ध्यान खिच्न सफल भएका छ्न । उनले आज तुलनात्मक रुपमा कमजोर प्रदेश १ बिरुद्ध २९ बल मै आफ्नो अर्धशतक पूरा गरेका थिए ।
अनुभवी ब्याट्सम्यान सुबाश खकुरेल संगै ओपनिङ मा आएका उनी खेल को पहिलो बलबाटै आक्रमक रूपमा प्रस्तुत भएका थिए , सोनु मन्डल को बल मा क्याच आउट हुनु अघि ३२ बल खेल्दै ५ छक्का र ६ चौका को मद्धत ले ५९ रन को उत्कृष्ट पारी खेले । उनको उत्कृष्ट इनिङ को मद्धत ले बिभागिय टोलि एपिएफ ले खेल सजिलै जित्यो ।
यो कुरा ले प्रमाणित गर्छ कि आसिफ शेख क्षमता भएका खेलाडी हुन भन्ने कुरा , आजको यो इनिङ पछि अब फेरि नया आशा पलाएको छ कि उनी साच्चिकै लय मा फर्केका हुन त भन्ने कुरा , अब यो प्रतियोगिता मा उनको प्रदर्शन कस्तो रहन्छ आउने दिन मा थाहा हुने नै छ ।
यो प्रतियोगिता संगै अब का दिन हरुमा आसिफ शेख ले आज को जस्तो उत्कृष्ट लयलाई कायम राख्दै फेरि एकपटक रास्ट्रीय टोलि को ढोका ढकढक्याउन सफल हुनेछ्न वा फेरि २०१६ को कथा दोहोरिने हो त्यो त समय ले बताउने नै छ ।