स्पेनिस ला लिगामा बार्सिलोनाको निरासाजनक प्रदर्शन जारी

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको निरासाजनक प्रदर्शन जारी रहेको छ।बार्सिलोनाले १० खेलाडीमा सीमित आल्भेससंग पनि १–१ गोलको बराबरी खेल्दै अंक बाँढेको छ।

आल्भेसका लुईस रोजाले घरेलु टोलीलाई अघि बढाएका थिए । आल्भेसका मिडफिल्डर जोटा ६२औं मिनेटमा दोहोरो पहेलो कार्ड खाँदै मैदान छाडेका थिए । ६३औं मिनेटमा एन्टोनी ग्रिजम्यानले बार्सिलोनाका लागि बराबरी गोल फर्काए । तर, बार्सिलोनाले १० खेलाडीमा सीमित आल्भेसमाथि जित निकाल्न भने सकेन ।

र्सिलोना स्पेनिस लिगमा लिग लिडर रियल मड्रिड भन्दा ८ अंकले पछि छ। बार्सिलोना ८ अंक सहित १२औं स्थानमा छ । आल्भेस समान अंक जोड्दै १३औं स्थानमा छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments